निर्यात बढाउन पाकिस्तानले चीनको उदाहरण पछ्याउने : प्रधानमन्त्री
पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले आफ्नो देशले गरिबी उन्मूलन र विदेशी मुद्रा भण्डार बढाउन निर्यात बढाउन चीनको अनुभवबाट सिक्ने बताएका छन् ।
आफ्नै कार्यालयमा आयोजित बैठकमा सरिफले ७० करोडभन्दा बढी मानिसलाई गरिबीबाट बचाउनको लागि चिनको सफलताले पाकिस्तानका लागि रोल मोडेलको रूपमा काम गरेको बताएका छन् ।
उनले पाकिस्तान निर्यात बढाउनमा चीनको अनुभवबाट फाइदा लिन चाहेकाले विदेशी मुद्रा भण्डार बढाउन र गरिबी घटाउन प्रमुख कदमको रूपमा काम गर्ने उल्लेख गरेका छन् ।
पाकिस्तान र चिनको लामो समयदेखिको प्रगाढ भाइचारा सम्बन्ध समयसँगै बलियो हुँदै गइरहेको बताउदै उनले कठिन समयमा पाकिस्तानलाई सहयोग गरेकोमा चिन राष्ट्रसहित चिनियाँ नेतृत्व र जनता प्रति आभार प्रकट गरे ।
यसैगरी चिन–पाकिस्तान आर्थिक करिडोरको ढाँचाअन्तर्गत स्थापना भइरहेका विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापना गर्न चिनियाँ कम्पनीलाई प्रधानमन्त्री मोदीले प्रोत्साहित गरे ।
एजेन्सी
Comments