संसद्को गरिमा र ओझ खस्कँदै गएको छ : पूर्वसभामुख सापकोटा
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसद्को गरिमा र ओझ खस्कँदै गएको बताएका छन् ।
शनिबार काठमाडौंमा भएको नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठन बागममी प्रदेश समितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सापकोटाले संसद् कुनैपनि देशको लोकतन्त्रको आत्मा, सुशासनको महत्वपूर्ण संवाहक भएपनि संसदमा राम्रोसँग संसदीय गतिविधिहरू सञ्चालन हुन नसकेको बताए ।
अहिले अराजकताको स्थिति, प्रियतावादको रूझान र अस्तव्यस्तता राष्ट्रिय परिस्थितिका रूपमा देखिएको उनको भनाइ छ ।
आगामी आर्थिक वर्षको बजेट कुनैपनि रोकतोक बिना संसद्मा प्रस्तुत हुनेमा आफू आशावादी रहेको बताए।
एजेन्सी
Comments