कान्तिपुरका अध्यक्ष सिरोहियालाई दोस्रो पटक म्याद थप्न अदालत लगिँदै
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई दोस्रो पटक म्याद थपका लागि आज प्रहरीले धनुषा जिल्ला अदालतमा उपस्थित गराउँदै छ।
जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएका अध्यक्ष सिरोहियालाई ११ बजेपछि अदालत उपस्थित गराउन लागिएको हो ।
नागरिकतासम्बन्धी विषयमा उजुरी परेपछि प्रहरीले गत मंगलबार सिरोहियालाई काठमाडौंबाट पक्राउ गरी धनुषा लगेको हो ।
उनलाई बुधबार अदालतमा उपस्थित गराएर थप अनुसन्धानका लागि तीन दिनको समय पाएको प्रहरीले आज पनि थप म्याद चाहिने भन्दै अदालत जान लागेको हो ।
धनुषा प्रहरीले हिरोहियामाथि बयान लिने काम चलिरहेको जनाएको छ ।
एजेन्सी
Comments