संसदीय समितिको टीओआर टुंग्याउन बसेको कार्यदलको बैठक निष्कर्षविहीन
सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन बसेको कार्यदलको बैठक निष्कर्षविहीन भएको छ ।
बैठकपछि एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले आज बिहान फेरि बस्ने गरी उठेको बताए । उनका अनुसार बैठक आज बिहान ८ः३० बजे बस्नेछ ।
उनले भने, ‘कांग्रेसले गृहमन्त्रीको नाम नै किटान गर्नुपर्छ भन्दै आएको थियो। त्यो विषयमा थोरै लचकताका साथको प्रस्तुति रह्यो।
उनले आजको बैठक कार्यदलको अन्तिम बनाएर ११ बजे सदन चलाउने गरी आउन आफूहरूले भनेको बताए । रास्वपा सांसद शिशिर खनालले बैठक सकारात्मक भएको बताए।
उनले भने, ‘सहकारी पीडितको बचत फिर्ता गराउने सुनिश्चितता गराउन र सम्पूर्ण सहकारीमा देखिएको समस्या समाधान गराउन कानूनी र नीतिगत विषयमा निकास दिने कुरामा एक ठाउँमा पुगेका छौँ।'
एजेन्सी
Comments