चीन, दक्षिण कोरिया र जापान पाँच वर्षपछि पहिलो पटक एकै स्थानमा
दक्षिण कोरिया, चीन र जापानी नेताहरूले अर्को हप्ता सियोलमा करिब पाँच वर्षपछि पहिलो त्रिपक्षीय शिखर सम्मेलन गर्ने दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति युन सुक युलले सोमबार दक्षिण कोरियाको राजधानीमा चिनियाँ प्रधानमन्त्री ली किआङ र जापानी प्रधानमन्त्री फुमियो किशिदालाई भेट्ने सियोलका उपराष्ट्रिय सुरक्षा निर्देशक किम ताइ–ह्याले पत्रकारसँग बताए ।
युनले आइतबार ली र किशिदासँग छुट्टै द्विपक्षीय वार्ता गर्ने किमले बताए । तीन नेताहरूले व्यापारिक शिखर सम्मेलनमा भाग लिने र तीन देशका व्यापारीहरूलाई ‘प्रोत्साहित गर्ने’ कार्यक्रम पनि रहेको उनले बताए ।
एजेन्सी
Comments