बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने

बागमती प्रदेशसभामा यही जेठ १४ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । सभामुख भुवनकुमार पाठकले आज सो जानकारी दिनुहुँदै जेठ १४ गते प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमलाई सार्वजनिक गर्न दलहरु बीचमा सहमति भएको बताए ।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोही दिन सरकारको नीति तथा कार्यक्रमलाई सार्वजनिकरण गर्नुहुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

सो गोष्ठीमा प्रमुख जिल्ला अधिकारीले आ–आफ्नो जिल्लाको शान्ति सुरक्षाको अवस्था, जनतामा सेवा प्रवाह, राहदानी वितरणलगायत अपराध नियन्त्रणको विषयमा प्रस्तुत गर्नुहुने जनाइएको छ ।

एजेन्सी

Comments

Back to top