कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया प्रहरीको नियन्त्रणमा
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ ।
कान्तिपुरको कार्यालय, थापाथली पुगेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराई नेतृत्वको प्रहरी टोलीले सिरोहियालाई पक्राउ गरेको हो ।
दोहोरो नागरिकता लिएको आरोपमा जिल्ला अदालत धनुषाले जारी गरेको पक्राउ पुर्जीको आधारमा सिरोहियालाई पक्राउ गरिएको हो ।
उनले यसअघि पक्राउ पुर्जीको खारेजीको माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए । तर, अदालतले अहिलेसम्म दर्ता गरेको छैन ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सञ्चारगृहमा प्रहरीकाे प्रवेश निराशाजनक रहेको बताए । यो राज्यको गलत अभ्यास भएको पोखरेलको भनाइ छ ।
सिरोहियाले सत्ता र शक्तिको दुरूपयोग गरी आफूमाथि प्रतिशोध साँध्न पक्राउ पुर्जी गरेको आरोप लगाएका छन् ।
विसं २०८१ वैशाख १६ गते प्रहरीमा परेको जाहेरीमा अनुसार सिरोहिया गैरनेपाली नागरिक रहेको दाबी गरिएको छ ।
एजेन्सी
Comments