नेतान्याहू र हमासका शीर्ष नेतालाई पक्राउ गर्ने तयारी
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र हमासका शीर्ष नेताहरूलाई पक्राउ पुर्जी जारी गर्न माग गरेको छ।
बीबीसीका अनुसार आईसीसी प्रमुख अभियोजक करीम खान केसीले इजरायली प्रधानमन्त्री नेतान्याहु र रक्षामन्त्री योभ गालान्टलाई गाजामा युद्ध अपराध गरेको आरोपमा पक्राउ पुर्जी माग गरेका हुन् ।
साथै, हमासका राजनीतिक नेता इस्माइल हानियाह, यसका सैन्य प्रमुख मोहम्मद डेफलाई पनि पक्राउ गर्ने तयारी छ ।
आईसीसी अभियोजकको मागमा भनिएको छ, ‘मेरो कार्यालयले संकलन गरेको र समीक्षा गरेको प्रमाणको आधारमा इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतान्याहु र रक्षामन्त्री योभ गालान्ट गाजामा भएका युद्ध अपराधका लागि जिम्मेवार छन् भन्ने विश्वास गर्ने कारण छ ।’
द हेगमा रहेको आईसीसीले विगत तीन वर्षदेखि कब्जा गरेको इलाकामा इजरायलको कारबाही र हालै हमासको कारबाहीबारे अनुसन्धान गरिरहेको छ।
गत वर्षको अक्टोबर ७ देखि हमास र इजरायलबीच लडाइँ चलिरहेको छ ।
एजेन्सी
Comments