नेताका घर, सिंहदरबार र पार्टी कार्यालयका फोहोर नउठाउने बालेनको चेतावनी
महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) ले सिंहदरबार लगायत सबै पार्टीका कार्यालय र नेताहरुको घरको फोहोर नउठाउने चेतावनी दिएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत शाहले काठमाडौंमा फोहोर बोक्ने ४ जना चालकलाई सरकारले नियन्त्रणमा लिएको भन्दै आक्रोश पोखेका हुन् । भ्रष्टहरुलाई पक्राउ गर्न नसक्ने सरकारले फोहोर बोक्ने चालक समाएको उनको टिप्पणी छ ।
‘भ्रष्टलाई समाउन सक्नु भएन , काठमाडौमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले,’ हाल फ्रान्समा रहेका शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जबसम्म ससम्मान चालकहरु रिहा हुन्नन सिंहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन । को को जुध्न आउने हो , आए हुन्छ , कसैलाई बाँकी छोडिँदैन !’
एजेन्सी
Comments