प्रधानमन्त्री प्रचण्डले चौथो पटक पाए विश्वासको मत
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत पाएका छन् । सोमबार प्रतिनिधि सभामा उनले राखेको विश्वासको मत लिने प्रस्तावको पक्षमा बहुमत सांसदले मत दिएका हुन् ।
सभामुख देवराज घिमिरेका अनुसार प्रधानमन्त्री प्रचण्डको प्रस्तावको पक्षमा १५७, विपक्षमा ० र तटस्थमा १ मत परेको थियो । मतदानमा १५८ सांसद सहभागी भएका थिए । कांग्रेस लगायतका दलले मतदान बहिस्कार गरेका थिए ।
नेपाली कांग्रेसले भने बैठकको सुरुदेखि नै वेल घेराउ गरेको थियो । उसले मतदान प्रक्रियामा भाग लिएन । मतदान जारी रहँदामा पनि वेल क्षेत्रमा कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेकै थिए ।
प्रधानमन्त्री प्रचण्डले यसअघि तीन पटक विश्वासको मत लिइसकेका छन् ।
Comments