प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको ह्विप
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ। बिहान बसेको कांग्रेसको संसदीय दलको बैठकले विश्वासको मत नदिने निर्णय गर्दै आफ्ना सांसदलाई ह्वीप जारी गरेको हो ।
त्यस्तै बैठकले संसदको अवरोध जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले आज संसदबाट विश्वासको मत लिने कार्यसूची छ । कांग्रेसको निर्णयसँगै संसद बैठक प्रभावित हुने देखिएको छ ।
Comments