तनहुँ सदरमुकाम दमौलीमा आगलागीबाट २० वटा सटर जलेर नष्ट
तनहुँ सदरमुकाम दमौलीको मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकको फलफूल लाइनमा रहेका सटरमा गएराति भएको आगलागीका कारण करिब २० वटा सटर पूर्णरुपमा जलेका छन ।
आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ । तीन घण्टाको प्रयासपछि आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । विद्युत चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।
आगलागीका कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका सटर भाडामा लगाइएको थियो । यहाँ विभिन्न पसल सञ्चालनमा थिए ।
एजेन्सी
Comments