गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७ जनाको सुरक्षितरूपमा उद्धार गरिएको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले जानकारी दिए ।

उनीहरूको उद्धार जेरूसेलमस्थित अमेरिकी दूतावासको सहयोगमा सम्भव भएको विदेश विभागका प्रवक्ताले बताए ।

उनले अमेरिकी डाक्टरहरू संलग्न समूह र उनीहरूका परिवारसँग सम्पर्कमा रहेको जानकारी दिए ।

गाजा नछोड्ने निर्णय गरेका तीनजना डाक्टरसमेतले दूतावासले आफ्नो प्रस्थानलाई सहज बनाउने कुरा बुझेको उद्धृत गर्दै सिएनएनले रिपोर्ट गरेको स्रोतले जनाएको छ ।

दूतावासको टोलीले सीमामा डाक्टरलाई स्वागत गर्न केरेम शालोम क्रसिङ्गमा यात्रा गरेको स्रोतले जनाएको छ ।

इजरायलले राफाहबाट इजिप्टको सीमा क्रसिँग बन्द गरेपछि त्यहाँ फसेका २० अमेरिकी डाक्टरमध्ये १७ को प्रस्थानपछि सहायता संस्थाले डाक्टरहरूलाई गाजामा फिर्ता ल्याउने चुनौतीको सामना गर्नुपर्ने सिएनएनले जनाएको छ ।

अमेरिकी डाक्टरलाई भाग्न मद्दत गर्ने प्रयाससँग परिचित स्रोतका अनुसार इजरायली सेनाले कब्जा गरेपछि राफाह क्रसिङ्ग बन्द भएकाले उनीहरूको उचित व्यपस्थापन गर्नु प्रमुख चिन्ताको विषय हो ।

राफाह क्रसिङ्ग, सञ्चालनमा रहँदा विदेशी सहायता कामदारका लागि एक मात्र प्रवेश तथा निकास बिन्दु थियो । इजरायली र इजिप्टका अधिकारी अहिलेसम्म यसलाई पुनःखोल्ने सहमति हुन सकेको छैन ।

एजेन्सी

Comments

Back to top