भोलिसम्म सदनको अवरोध हट्ने छ : प्रधानमन्त्री
प्रधानमन्धी पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बिहानसम्म दलहरूबीच सहमति हुने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित जनयुद्धका चिठी र कालिकोट स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
‘म केहि दिनदेखि लागि नै परेको छु, भोली बिहानसम्म दलहरूबीच सहमत जुट्छ, जसले देशलाई राजनीतिक निकास दिनेछ,’ प्रचण्डले भने ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै सदन अवरोध गर्दै आइरहेको छ ।
साथै, प्रचण्डले दलहरूबीच सहमति भए विश्वासको मत लिने, बजेटलगायतका कामकारबाहीमा सहज हुने बताए । उनले विश्वासको मत प्राप्त हुनेमा विश्वस्त रहेको पनि बताए ।
एजेन्सी
Comments