संसदीय छानबिन समिति गठन गर्न प्रधानमन्त्री सकारात्मक, सत्तापक्षसँगको छलफलपछि कांग्रेससँग फेरि बस्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल कांग्रेस शीर्ष नेताहरूको छलफल सकारात्मक भएको छ ।

शनिबार बिहान बालुवाटारमा बसेको बैठकमा सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन, संसद् खुलाउनेलगायतका विषयमा छलफल भएको थियो ।

छलफलमा प्रधानमन्त्री सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्न सकारात्मक भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

सो विषयमा सत्ता साझेदार दलसँग छलफल गरेर कांग्रेससँग फेरि छलफल गर्ने प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतालाई भनेका छन् ।

कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।

छलफलमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कृष्ण सिटौला र रमेश लेखकलगायतका नेताहरू सहभागी थिए ।

एजेन्सी

Comments

Back to top