चौथोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चौथोपटक विश्वासको मत लिने भएका छन् । उनले आगामी जेठ ७ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

सरकारमा सहभागी जनता समाजवादी पार्टी, नेपालले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले पुन: विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा २ अनुसार विश्वासको मत लिन लागेका हुन् ।

उपधारा २ मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रधानमन्त्री प्रचण्डले त्यही प्रावधानअनुरूप विश्वासको मत लिन लागेका हुन्।

प्रधानमन्त्री प्रचण्डलाई उनको दल नेकपा (माओवादी केन्द्र)सहित नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) लगायतले समर्थन गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले यसअघि नै तीनपटक विश्वासको मत लिइसकेका छन् । यसअघि अन्तिपटक २०८० फागुन ३० गते लिएका थिए ।

एजेन्सी

Comments

Back to top