अमेरिकी सेनाले गाजामा समुद्री मार्गबाट सहायताको पहिलो खेप पुर्यायो
अमेरिकी सेनाले गाजामा समुद्री मार्गबाट सहायताको पहिलो समूह पुगेको पुष्टि गरेको छ।
अमेरिकाको सेन्ट्रल कमाण्डरले सोसल मिडिया प्लेटफर्म एक्समा जानकारी दिएका हुन् ।
कमाण्डरले भने, ‘गाजामा प्यालेस्टाइनी नागरिकहरूलाई सहयोग गर्न बहुराष्ट्रिय प्रयास जारी रहनेछ । समुद्रबाट पठाइने यो सहायता पूर्णतया मानवीय हो ।’
अमेरिकी केन्द्रीय कमाण्डका अनुसार आगामी दिनमा ५०० टन राहत सामग्री गाजा पुग्ने अपेक्षा गरिएको छ ।
एजेन्सी
Comments