सी–पुटिन भेट : दुई देशबीचको सम्बन्धको प्रशंसा, युक्रेन युद्धको ‘राजनीतिक समाधान’ हुनुपर्नेमा जोड

चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बेइजिङमा भेटवार्ता भएको छ । भेटवार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा सी र पुटिनले दुई देशबीचको मित्रता र प्रगाढ सम्बन्धको प्रशंसा गरेका बीबीसीले जनाएको छ ।

दुई नेताबीचको भेटवार्तामा युक्रेन युद्धबारे पनि चर्चा भएको छ । चिनियाँ राष्ट्रपति सीले बेइजिङ र मस्कोबीच रुस–युक्रेन युद्धको ‘राजनीतिक समाधान’ हुनुपर्नेमा सहमति भएको बताएका खबरमा उल्लेख छ । तर उनले यसबारेमा अन्य विवरण दिएका छैनन्। गएको वर्ष चीनको शान्ति प्रस्तावको युक्रेन र उसका पश्चिमी सहयोगीहरूले आलोचना गरेका थिए ।

यस्तै रुसी राष्ट्रपति पुटिनले युक्रेन युद्धको विषयमा मध्यस्थताका लागि चीनलाई धन्यवाद दिएको बीबीसीले जनाएको छ । युक्रेन सङ्कट समाधान गर्न चीनको प्रयासप्रति रुस आभार रहेको उनले बताए । चीन र रुसले द्विपक्षीय व्यापारको प्रशंसा गर्दै नयाँ सम्झौताको शृङ्खलामा हस्ताक्षर गरेका खबरमा उल्लेख छ ।

एजेन्सी

Comments

Back to top