फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य – नरेन्द्र मोदी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै प्रधानमन्त्री फिकोको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
“स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहारको खबरले गहिरो आघात लाग्यो । म यो कायरतापूर्ण कार्यको कडा निन्दा गर्दछु र प्रधानमन्त्री फिकोको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । भारत स्लोभाक गणतन्त्रका जनतासँग एकतामा उभिएको छ”, सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री मोदीले भने ।
स्लोभाकियाका चौथो पटक प्रधानमन्त्री रहेका रोबर्ट फिको बुधबार (स्थानीय समय) ह्यान्ड्लोभामा गोली प्रहारमा परी घाइते भएको स्थानीय पत्रिका द स्लोभाक स्पेक्टेटरले जनाएको छ । आक्रमणपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
एजेन्सी
Comments