सामाजिक सुरक्षा कार्यक्रम दायरा विस्तार गर्ने सरकारको घोषणा
सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्ने घोषणा गरेको छ । मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
उनका अनुसार सरकारी तथा सङ्गठित क्षेत्रमा कार्यरत अस्थायी तथा ज्यालादारीका साथै औपचारिक क्षेत्रका श्रमिकलाई यो कार्यक्रममा समावेश गरिने भएको छ ।
छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिने समेत उनले बताए ।
सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषका कार्यक्रमबीच दोहोरोपन हटाउन नीतिगत व्यवस्था गरिने समेत उनले जानकारी दिए ।
एजेन्सी
Comments