नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कमायो ३ अर्ब २७ करोड नाफा

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको विवरण अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब २७ करोड रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.५७ प्रतिशतले बढी हो ।  गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले   ३ अर्ब ४ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

चैत मसान्तसम्म बैंकले ११ अर्ब ३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७ अर्ब ७९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १३ अर्ब १ करोड रुपैयाँ र सञ्चालन नाफा ५ अर्ब ४० करोड रुपैयाँ छ ।

बैंकको वितरणयोग्य नाफा ५ अर्ब ८ करोड रुपैयाँ ऋणात्मक छ । चैतसम्म बैंकले ४ खर्ब ३ अर्ब निक्षेप संकलन गरी ३ खर्ब १२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपैयाँ र जगेडा कोष २९ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । सो अवधिमा बैंकको प्रतिशेयर आम्दानी १२.८० रुपैयाँ रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात १२.२१ गुणा छ भने प्रतिसेयर नेटवर्थ १ सय ७२ रुपैयाँ ५७ पैसा रहेको छ ।

एजेन्सी

Comments

Back to top