बजाजले ल्यायो नयाँ वर्षको अफर, १ लाखसम्मको उपहार दिँदै

बजाज मोटरसाइकलले नयाँ वर्ष २०८१ को अवसरमा ‘नव आरम्भ’ नामक अफर सार्वजनिक गरेको छ।

बजाज नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले अफरमा ग्राहकलाई विभिन्न आकर्षक छुट, उपहार एवं सुविधा दिने जनाएको हो। 

बजाजको ‘नव आरम्भ’ योजना अन्तर्गत ग्राहकले बजाजका कुनै पनि बाइक किन्दा आकर्षक छुट पाउने छन्। यसबाहेक विजेताले एक लाख रूपैयाँसम्मको नगद उपहारसमेत जित्न सक्ने कम्पनीले जनाएको छ। 

ग्राहकले ३६ महिनाको ईएमआई अफरमा पनि बजाज बाइक खरिद गर्न पाउनेछन्। 

यस्तै, ३० प्रतिशत डाउन पेमेन्टमा खरिद गर्ने विकल्प पनि ग्राहकसँग उपलब्ध हुने कम्पनीले जनाएको छ।

एजेन्सी

Comments

Back to top