स्वास्थ्य बीमा बोर्डमा विभिन्न पदहरुमा रोजगारीको अवसर

स्वास्थ्य बीमा बोर्डले करारमा नियुक्तिका लागि मेडिकल अधिकृत र फार्मेसी अधिकृत पदमा आवेदन खुला गरेको छ । बोर्डले मेडिकल अधिकृत आठाै‌ं तह र फार्मेसी अधिकृत साताैं तहका लागि ३/३ जना कर्मचारी नियुक्ति गर्न दरखास्त आह्वान गरेको हो ।

मेडिकल अधिकृतका लागि एमबिबिएस तह र फार्मेसी अधिकृतका लागि फार्मेसी विषयमा स्नातक तह उतीर्णले आवेदन दिन सक्नेछन् ।बोर्डका अनुसार ईच्छुक उम्मेदवारले म‌ंसिर १५ गतेभित्र कार्यालय समयमा आवेदन दर्ता गराउनुपर्नेछ। आवेदकले परिक्षा दस्तुर वापत १ हजार २ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ। आवेदन फारम बोर्डको वेबसाइटमा उपलब्ध रहेको बोर्डले सार्वजनिक सूचनामार्फत जानकारी दिएको छ।

Comments

Back to top