“टी प्लस टु कार्यान्वयन नगर्ने ब्रोकरमाथि तुरुन्त कारबाही हुन्छ,” अध्यक्ष हमाल

नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले टी प्लस टु व्यवस्था कार्यान्वयन नगर्ने ब्रोकरमाथि कारोबाही गर्ने बताएका छन् ।

काठमाडौं सोमबार आर्थिक पत्रकारहरुसँगको पत्रकार सम्मेलनमा अध्यक्ष हमालले भने, “अहिलेको व्यवस्थाअनुसार दुई कार्यदिनभित्रै (टी प्लस टु) मा सेयर कारोबार राफसाफ हुनुपर्छ, तोकिएको समयमा राफसाफ नभएमा ब्रोकरमाथि तत्काल कारबाही हुनेछ ।”

हमालले साना लगानीकर्ताको हितमा आफूले काम गर्ने प्रतिबद्धता गरे । अध्यक्ष हमालले नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर लाइन्सेन्स वितरण गर्ने विषयमा अध्ययन गरेर अगाडि बढ्ने पनि बताए ।

बुक विल्डिङ विधिमार्फत आईपीओ जारी गर्ने अन्तर्राष्ट्रिय अभ्यासलाई नेपालमा पनि प्रभावकारी ढंगले कार्यान्वयन गरिने अध्यक्ष हमालले बताए । अध्यक्ष हमालले बजार बैंक, हाइड्रोमा सीमित रहेको उल्लेख गर्दै रियल सेक्टर पनि भित्र्याउनुपर्ने आवश्यक रहेको बताए ।

Comments

Back to top