नेप्से ९.२४ अंकले बढ्यो, १२ उपसमूहको सूचकमा वृद्धि!

बुधबार सेयर बजारमा केही अंकको वृद्धि भएको छ। आज नेप्से परिसूचक ९.२४ अंकले बढेर १९६७.९७ विन्दुमा पुगेको हो।

यस दिन कारोबार भएका २८४ कम्पनीको कुल ४३ लाख २३ हजार ०२१ कित्ता सेयर १ अर्ब १८ करोड ९९ लाख रुपैयाँमा कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १७४ कम्पनीको सेयर मूल्य बढेको छ, ५२ कम्पनीको मूल्यमा गिरावट छ भने, ६ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

आज कारोबार भएका १२ उपसमूहको परिसूचक बढेको छ।  यस दिन बैंकिङ्ग उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूह्को परिसूचक सर्वाधिक १.५२ प्रतिशत बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा समता घरेलु लघुवित्त वित्तीय संसथा लिमिटेड रहेको छ जसको ६.६१% ले सेयर मूल्य घटेको छ। कारोबार रकमका आधारमा यसदिन सिटिजन लाइफ इन्स्योरेन्स रहेको छ। सो कम्पनीको यस दिन ६ करोडको ९३ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा भने नबिल ब्यालेन्सड फण्ड २ को कारोबार भएको छ।

Comments

Back to top