मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने

नेपाल धितोपत्र बोर्डले थप एक कम्पनीलाई एफपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको छ । बोर्डले मिर्मिरे लघुवित्तलाई थप शेयर (एफपीओ) निष्काशन गर्न अनुमति दिएको हो ।

मिर्मिरे लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको एफपीओ जारी गर्नेछ । जसअनुसार संस्थाले १०० अंकित दरका कुल १ लाख २३ हजार ८१६ कित्ता एफपीओ बिक्रीमा ल्याउनेछ ।

कम्पनीको एफपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

Comments

Back to top