नेप्सेमा १७.५६ अंकको गिरावट, घट्यो कारोबार रकम पनि!

मंगलबार सेयर बजार पुनः ओरालो झरेको छ। आज नेप्से परिसूचक १७.५६ अंकले घटेर १९५८.७२ विन्दुमा झरेको हो।

यस दिन कारोबार भएका २८१ कम्पनीको कुल ३९ लाख ६५ हजार ९१७ कित्ता सेयर १ अर्ब १९ करोड ९१ लाख रुपैयाँमा कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ४४ कम्पनीको सेयर मूल्य बढेको छ, १८७ कम्पनीको मूल्यमा गिरावट छ भने, २ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

आज कारोबार भएका सबै उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा समता घरेलु लघुवित्त वित्तीय संसथा लिमिटेड रहेको छ जसको सेयर मूल्य ७.९१% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा सामुदायिक लघुवित्त वित्तीय संसथा लिमिटेड रहेको छ जसको ७.५४% ले सेयर मूल्य घटेको छ। कारोबार रकमका आधारमा यसदिन सिटिजन लाइफ इन्स्योरेन्स रहेको छ। सो कम्पनीको यस दिन ५ करोडको ५९ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा भने नबिल ब्यालेन्सड फण्ड २ को कारोबार भएको छ।

Comments

Back to top