प्रिओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से !

मंगलबारको प्रिओपनमा नेप्से १.५३ अंकले बढेको छl

सोमबार ५.१९ अंकले बढेर १९७६.२९ मा बन्द भएको नेप्से प्रिओपनपछि १९७७.८२ मा खुलेको हो। कुल ८२९ कित्ता सेयरको खरिदबिक्री करिब ३ लाख ८१ हजारमा कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका १६ कम्पनीमध्ये ५ को मूल्य बढ्यो भने १० को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्यमा परिवतर्न छैन।

यस अवधीमा कुल २४ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top