शिव श्री हाइड्रोपावरको एजीएम असोज २५ गते

शिव श्री हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न असोज २५ गते साधारण सभा बोलाएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीमा शतप्रतिशत (१ः१ अनुपातमा) हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश गर्नेछ । 

सभामा कम्पनीको ठेगाना परिवर्तन गर्ने र चुक्ता पुँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । सभा, यती इभेन्ट्स एन्ड कन्फेरेन्स सेन्टर, जेलिङ कम्प्लेक्स, बसुन्धारा, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले बुधबार असोज १७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, आज मंगलबार असोज १६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

Comments

Back to top