नेप्सेमा सामान्य सुधार, कारोबार १ अर्ब ७३ करोड!

सोमबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। आज नेप्से परिसूचक ५.१९ अंकले बढेर १९७६.२९ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका २८६ कम्पनीको कुल ५७ लाख ७६ हजार ८९६ कित्ता सेयर १ अर्ब ७३ करोड ७३ लाख रुपैयाँमा कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १६३ कम्पनीको सेयर मूल्य बढेको छ, ६४ कम्पनीको मूल्यमा गिरावट छ भने, ६ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

आज कारोबार भएका ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.३३ प्रतिशत बढेको छ।

 

प्रमुख कारोबार

यस दिन टप गेनरमा सिवाइसी नेपाल लघुवित्त वित्तिइ संसथा र सयपत्री हाइड्रो पावर लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा पपुल्स हाइड्रो पावर लिमिटेड रहेको छ जसको ५.२९% ले सेयर मूल्य घटेको छ।  कारोबार रकमका आधारमा यसदिन एनआइसी एसिया बैँक  रहेको छ। सो कम्पनीको यस दिन २१ करोडको ६८ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा भने सिटिजन लाइफ इन्स्योरेन्सको कारोबार भएको छ।

Comments

Back to top