सोनापुर मिनरल्सको आईपीओमा पहिलो दिनमा नै २ लाख बढीको आवेदन

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओमा पहिलो दिनमा नै २ लाख भन्दा बढीको आवेदन परेको छ । आइतबारदेखि निष्काशन गरिएको कम्पनीको आईपीओमा २ लाख ५ हजार ९५० आवेदन परेको हो ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आइतबार बेलुकी ५ बजेर ७ मिनेटसम्ममा २४ लाख २६ हजार ९० कित्ताका लागि आवेदन परेको हो । कम्पनीले ९७ लाख ३२ हजार ५४४ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले जारी गरेको आईपीओबाट कम्पनीले ५७ करोड ६३ लाख ९० हजार ४६२ रूपैयाँ संकलन गरेको छ ।

 

Comments

Back to top