नेप्सेमा ३३.२० अंकको गिरावट, कारोबार रकम १ अर्ब ८३ करोड!

आइतबार सेयर बजार ओरलो झरेको छ। आज नेप्से परिसूचक ३३.२० अंकले घटेर १९७१.१० विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका २८४ कम्पनीको कुल ६७ लाख २३ हजार ४०० कित्ता सेयर १ अर्ब ८३ करोड ४ लाख रुपैयाँमा कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १० कम्पनीको सेयर मूल्य बढेको छ, २२० कम्पनीको मूल्यमा गिरावट छ भने, २ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

आज कारोबार भएका सबै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.३२ प्रतिशत घटेको छ।

 

प्रमुख कारोबार

 

यस दिन टप गेनरमा सयपत्री हाइड्रो पावर लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा सनराइज फर्स्ट म्युचुअल फण्ड, अपर हेवाखोला हाइड्रो पावर, एसियन हाइड्रो पावर, मनकामना इन्जिरिङ्ग हाइड्रो पावर लिमिटेड,  सिटिजन लाइफ इन्स्योरेन्स रहेको छ जसको १०% ले सेयर मूल्य घटेको छ।  कारोबार रकमका आधारमा यसदिन सिटिजन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोडको ७३ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा भने सिटिजन लाइफ इन्स्योरेन्सको कारोबार भएको छ।

Comments

Back to top