नेपाल रिपब्लिक मिडियाको वार्षिक साधारणसभा आह्वान

नेपाल रिपब्लिक मिडियाले कात्तिक ३ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले असोज २१ गतेका लागि बुक क्लोेज गर्ने भएको छ । असोज २० गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले बोलाएको सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले यो पटक सेयरधनीलाई भने लाभांश नदिने भएको छ । कम्पनीले सभामा आर्थिक वर्ष २०७९/०८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गर्ने छन् । यस्तै आर्थिक वर्ष २०८०/०८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।

Comments

Back to top