‘नबिल ब्यालेन्स्ड फन्ड–२’को लाभांश घोषणा

नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘नबिल ब्यालेन्स्ड फन्ड–२’को लाभांश घोषणा गरेको छ ।

योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङको सञ्चालक समितिको बिहीबार बसेको बैठकले यो म्युचुअल फन्डका इकाइधनीहरुलाई आर्थिक वर्ष २०७९–८० को सञ्चित मुनाफाबाट योजनाको आकार १ अर्ब १२ करोड रुपैयाँको कुल ९.६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार इकाइधनीहरुलाई कुल १० करोड ७५ लाख २० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने योजना व्यवस्थापकले निर्णय गरेको हो।

संस्थाले लाभांश वितरणार्थ यही असोज २६ गते एक दिन बुक क्लोज गर्ने निर्णय बैठकले गरेको छ। यसको अर्थ असोज २५ गतेसम्म कायम इकाइधनीहरुले मात्रै यो योजनाको लाभांश पाउनेछन् ।

Comments

Back to top