नेपाल वेयरहाउजिङ कम्पनीले आईपीओ निष्काशन गर्न बोर्डबाट पायो अनुमति

नेपाल वेयरहाउजिड्ग कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ नेपाल धितोपत्र बोर्डले असोज १० गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति प्रदान गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि प्रति कित्ता १०० रुपैंयामा १३ लाख ६५ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो । पहिलो चरणमा कम्पनीले प्रारम्भिक सार्वजनिक निष्काशनको १० प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी बिदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुलाई छुट्टयाई बाकी रहेको सर्वसाधारणहरुको लागि निष्काशन गर्नेछ।

शेयर निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

Comments

Back to top