लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

लुम्बिनी विकास बैंक लिमिटेडले दुुई लाख ६३९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

तोकिएको अवधिभित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेका खण्डमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

Comments

Back to top