मिड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँड, यी वेबसाइटबाट हेर्नुहोस् नतिजा

मिड सोलु हाइड्रोपावरको आइपीओ आज बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको कार्यालयमा आज साँझ ५ बजे भएको हो ।

कम्पनीको आईपीओमा आवेदन दिएका आवेदकमध्ये ६२ हजार ११७ जनाले १०।१० कित्ता सेयर प्राप्त गरेका छन् । सोहि मध्येका २ जनाले भने ११ कित्ता सेयर हात पारेका छन् । १२ लाख ९४ हजार ५८० जनाको हात रित्तो भएको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको कारणले गोलाप्रथा मार्फत आईपीओ बाँडफाँड गरेको क्यापिटलले जनाएको छ ।

कम्पनीले भदौ २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गरेको थियो ।

कम्पनीको नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक एनआईसी क्यापिटलको वेबसाइट  https://www.nicasiacapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट  https://meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट  https://iporesult.cdsc.com.np/बाट हेर्न सकिने छ ।

मेरोशेयरको वेबसाइटबाट आफूले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

Comments

Back to top