नेप्सेमा १८.६० अंकको गिरावट, कारोबार रकम पनि घट्यो!

बुधबार पुनः सेयर बजार ओरालो लागेको छ। आज नेप्से परिसूचक १८.६० अंकले घटेर २००४.३० विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका २८२ कम्पनीको कुल ७० लाख ६१ हजार ४०४ कित्ता सेयर १ अर्ब ८१ करोड ४३ लाख रुपैयाँमा कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ३४ कम्पनीको सेयर मूल्य बढेको छ, १९३ कम्पनीको मूल्यमा गिरावट छ भने, ३ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

आज कारोबार भएका सबै उपसमूहको परिसूचक घटेको छ। 

प्रमुख कारोबार

 

यस दिन टप गेनरमा मनकामना इन्जिरिङ्ग हाइड्रो पावर लिमिटेड रहेको छ जसको सेयर मूल्य ९.९०% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा लक्ष्मी भ्यालु फण्ड २ रहेको छ जसको १०% ले सेयर मूल्य घटेको छ।  कारोबार रकमका आधारमा यसदिन सन नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोडको ६२ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा भने प्रभु सेलेट फण्डको कारोबार भएको छ।

Comments

Back to top