प्रिओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से !

बुधबारको प्रिओपनमा नेप्से ०.६० अंकले बढेको छl

मंगलबार १८.४५ अंकले बढेर २०२२.९१ मा बन्द भएको नेप्से प्रिओपनपछि २०२३.५२ मा खुलेको हो। कुल २,५३१ कित्ता सेयरको खरिदबिक्री करिब ६ लाख ४० हजारमा कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका २५ कम्पनीमध्ये १३ को मूल्य बढ्यो भने ११ को मूल्य घट्यो। बाँकी १ कम्पनीको मूल्यमा परिवतर्न छैन।

यस अवधीमा कुल ४५ पटक ट्रान्ज्याक्सन भएको छ।

 

Comments

Back to top