दुई दिनको गिरावट पछि नेप्सेमा १८.४५ अंकको वृद्धि!

 

दुई दिनको गिरावट पछि मंगलबार सेयर बजारमा सुधार देखिएको छ। आज नेप्से परिसूचक १८.४५ अंकले बढेर २०२२.९१ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका २८६ कम्पनीको कुल ८७ लाख ४ हजार ४७७ कित्ता सेयर २ अर्ब ९ करोड ३८ लाख रुपैयाँमा कारोबार भयो। कारोबार मा आएका कम्पनीमध्ये १९० कम्पनीको सेयर मूल्य बढेको छ, ३९ कम्पनीको मूल्यमा गिरावट छ भने, ३ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

आज कारोबार भएका १२ उपसमूहको परिसूचक बढेको छ। होटल एण्ड टुरिजम उपसमूहको परिसूचक भने घटेको छ। 

प्रमुख कारोबार

यस दिन टप गेनरमा मेन्छियाम हाइड्रो पावर लिमिटेड र मनकामना इन्जिरिङ्ग हाइड्रो पावर लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा हिमालयन लघुवित्त वित्तीय संस्था रहेको छ जसको ५.८७% ले सेयर मूल्य घटेको छ।  कारोबार रकमका आधारमा यसदिन एनआइसी एसिया बैँक शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८ करोडको ३४ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा भने हिमाल दोलखा हाइड्रो पावरको कारोबार भएको छ।

Comments

Back to top