एभरेष्ट बैंकको वार्षिक साधारण सभा असोज ३० गते

एभरेष्ट बैंकले लाभांश प्रस्ताव पारित गर्न असोज ३० गते वार्षिक साधारण सभा बोलाएको छ ।

बैंकले १०५ बोनस सेयर र १०.५३% नगद गरी कुल २०.५३% लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।

साधारण सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने र संस्थापक समूहबाट सञ्चालक समितिमा नियुक्त भएका सञ्चालकको नियुक्ती अनुमोदन गर्नेछ । साधारण सभा लैनचौर बेंक्वेट, लैनचौर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि असोज १६ गते बुक क्लोज गर्ने बैंकले जानकारी गराएको छ ।

तसर्थ, असोज १५ गतेसम्म कायम रहने सेयरधनीले मात्रा सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

Comments

Back to top