सिटिजन्स बैंकले असोज १७ गतेदेखि ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्दै

सिटिजन्स बैंकले असोज १७ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा र बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला गरिने छ । ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ।

बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत सिटिजन्स डिबेन्चर २०९०’ जारी गर्न लागेको हो । वार्षिक १० प्रतिशत ब्याजदर दिने बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ । ऋणपत्रमा छिटोमा असोज २१ गतेसम्म र ढिलोमा कात्तिक १ गतेसम्म आवेदन दिन सकिने छ ।

Comments

Back to top