दाेस्रो दिन पनि घट्यो नेप्से, कारोबार १ अर्ब ५६ करोड!

सोमबार पनि सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ। आज नेप्से परिसूचक ५.८९ अंकले घटेर २००४.४५ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका २८४ कम्पनीको कुल ६५ लाख १६ हजार ००६ कित्ता सेयर १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँमा कारोबार भयो।

आज कारोबार भएका ११ उपसमूहको परिसूचक घटेको छ। हाइड्रो पावर र म्युचुअल फण्ड उपसमूहको परिसूचक भने बढेको छ। 

प्रमुख कारोबार

यस दिन टप गेनरमा माइ खोला हाइड्रो पावर लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले वृद्धि भएको छ।सबैभन्दा धेरै गुमाउनेमा शुभम पावर लिमिटेड र थ्रीस्टार हाइड्रो पावर रहेको छ जसको १०% ले सेयर मूल्य घटेको छ।  कारोबार रकमका आधारमा यसदिन सन नेपाल लाइफ इस्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोडको ६८ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा भने सिद्धार्थ इक्विटी फण्डको कारोबार भएको छ।

Comments

Back to top