नेप्से इन्ट्राडे अपडेट: २.४८ अंकको गिरावट!

सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक २.४८ अंकले घटेको छ।

दुइ घण्टामा नेप्से २.४८ अङ्कले घटेर २००७.८७ मा आएको हो। २७८ कम्पनीको २,९७१,१५२ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ६२ करोड २० लाखबराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा मन्दाकिनी हाइड्रोपावर लिमिटेड रहेको छ भने टप लुजरमा शुभम पावर लिमिटेड रहेको छ।

Comments

Back to top