पहिलो कारोबार दिन नेप्सेमा १९.४२ अंकको गिरावट!

आज आइतबार सेयर बजार केही अंकले घटेको छ। आज नेप्से परिसूचक १९.४२ अंकले घटेर २०१०.३५ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका २८५ कम्पनीको कुल ९० लाख ३ हजार ९४१ कित्ता सेयर २ अर्ब ३२ करोड ६८ लाख रुपैयाँमा कारोबार भयो।

आज कारोबार भएका १२ उपसमूहको परिसूचक घटेको छ। लघुवित्त उपसमूहको परिसूचक ०.९९ प्रतिशत बढेको छ। यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।

प्रमुख कारोबार

यस दिन टप गेनरमा स्वरोजगार लघुवित्त विकास बैँक रहेको छ जसको सेयर मूल्य १०% ले वृद्धि भएको छ।सबैभन्दा धेरै गुमाउनेमा शुभम पावर लिमिटेड रहेको छ जसको १०% ले सेयर मूल्य घटेको छ।  कारोबार रकमका आधारमा यसदिन माछापुच्छ्रे बैँक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १३ करोडको २४ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा भने हिमाल दोलखा हाइड्रो पावर कम्पनी लिमिटेडको कारोबार भएको छ।

Comments

Back to top