पाँच वाणिज्य बैंकको लाभांश घोषणा

चालू आर्थिक वर्षको दुई महिना बितिसक्दा हालसम्म गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट पाँच वाणिज्य बैंकहरूले लाभांश प्रस्ताव गरेका छन् । माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, सिटिजन्स बैंक इन्टरनेशनल र एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको लाभांश सार्वजनिक गरेका हुन् ।

यस वर्ष माछापुच्छ्रे बैंकले कुल १४ प्रतिशत, एभरेष्ट बैंकले २० दशमलव ५३ प्रतिशत, सानिमा बैंकले १४ दशमलव ७० प्रतिशत , सिटिजन्स बैंक इन्टरनेशलले ५ दशमलव ७९ प्रतिशत र एनआईसी एशिया बैंकले ३० दशमलव ५३ प्रतिशत लाभांश दिन लागेका छन् । 

 

Comments

Back to top