माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली बुकक्लोज गर्ने निर्णय गरेको छ ।

त्यसैले आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

बैंकले २५ औं वार्षिक साधारण सभा असोज १८ गते पोखरामा बिहान ११ बजे बोलाएको छ । बैंकको सभाले गत आर्थिक वर्ष २०७९ र ८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

बैंकको सभाले आर्थिक वर्ष २०७९ र ८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०र८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ।

त्यसैगरी, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

Comments

Back to top