खानी खोलाले हकप्रद शेयर निष्काशन गर्ने

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड अन्तर्गतको आयोजनाहरु “टुगुंन–ठोस्ने तथा खानी खोला जलविद्युत आयोजना” ललितपुर जिल्लामा अवस्थित रहेका छ र क्रमश : ४.३६ मेगावाट र २ मेगावाट उत्पादन क्षमता रहेका आयोजनाहरु २०७३ मंसिर देखि नै संचालनमा आईसकेका छन् ।

खानीखोला हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने भएको छ। हकप्रद निष्कासनका लागि कम्पनीले सिटिजन्स क्यापिटलसँग सम्झौता गरेको हो।

सीईओ भरत लामिछाने थापा र क्यापिटलका सीईओ सबिरबादे श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर निष्काशन प्रबन्धकको रुपमा काम गर्नेछ ।

 

Comments

Back to top