लाभांसको प्रस्ताव सहित सिटिजन्स बैंकले डाक्यो साधारणसभा

सिटिजन्स बैंकले आफ्नो सत्रौँ वार्षिक साधारण सभा असोज २६ गतेका लागि बोलाएको छ। सभा काठमाडौँको डिल्लीबजार स्थित अमृतभोगमा विहान ११:०० बजे बस्ने छ।

सभमा बैंकले २०७९/८० को मुनाफाबाट लाभासं पारित गर्ने प्रस्ताव अगाडी सारेको छ। बैंकले  यस अगि नै आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५.७९ प्रतिशत नगद लाभांश बितरण गर्ने घोषणा गरिसकेको थियो ।

यसअनुसार  हाल कायम चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाखको ५.७९ प्रतिशतले हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६ सय ५२ रुपैयाँ ९६ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव सभमा अगाडी सरेको छ। 

Comments

Back to top