अपर तामाकोशीको हकप्रद सेयर आवेदन दिने समय थप, असोज २२ गतेसम्मको समय

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर आवेदन दिने समय थप गरेको छ। असोज ६ गतेसम्म कायम भएको समयलाई करिब तीन साता समय थप गरेको हो।

भदौ १८ गतेदेखि असोज ६ गतेसम्म आवेदनको समय तोकिएको थियो। कम्पनीले सूचना प्रकाशित गर्दै असोज २२ गतेसम्म समय थप गरिएको जनाएको छ। कम्पनीले सेयरधनीलाई १ः१ को अनुपातमा सेयर बिक्री खुल्ला गरेको हो।

Comments

Back to top